सुन तस्करीको अनुसन्धान सीआईबीले टुंगो लगाउँछ : गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नै टुंगोमा पुर्याउने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको ७ दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले सुन तस्करी सिआइबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्याउने बताएका हुन् । ‘सीआईबीले नै यो प्रकरणलाई टुंगोमा पुर्याउँछ,’ गृहमन्त्री श्रेष्ठले भने ।
उनले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताए ।
‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ । छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ ।’
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया