बच्चा गायब पार्ने प्रेमी र डाक्टर पक्राउ

विराटनगर । मिलेमतोमा भर्खर जन्मिएको शिशु गायब बनाउने प्रेमी र डाक्टर पक्राउ परेका छन् ।
आफ्नी प्रमिकाले बच्चा जन्माएपछि डक्टरसँगको मिलेमतोमा बच्चा गायब पार्ने भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र विराटनगरस्थित ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ परेका हुन् ।
मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी रन्जनकुमार दाहालले बच्चा गायब बनाएको किटानी जाहेरीका आधारमा राई र डा. कर्णलाई पक्रउा गरिएको जानकारी दिए ।
१३ असािरमा १३ मा सुनसरी रामधुनी नगरपालिकाकी २६ वर्षीया युवतीले आफ्ना प्रेमी राईलाई आफूलाई प्रसुति व्यथाले च्यापेको सुनाएपछि उनलाई अस्पताल पु¥याइयो ।
ग्रिनक्रस अस्पताका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कर्णले युवतीलाई जाँच गरेर व्यथा अझै बढ्ने औषधि दिएको केहीबेरपछि युवतीले नर्मल रूपमा छोरी जन्माइन्।
भोलिपल्ट असार १४ गते अस्पतालले उनलाई डिस्चार्ज गर्यो तर बच्चा दिएन । आफ्नो बच्चा नदिएपछि युवतीले प्रेमी राईलाई बच्चाबारे सोधिन्।
गोविन्दले बच्चा अस्पतालमै रहेको र उपचारका लागि केही दिन राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर प्रेमीसँगै इटहरी फर्किएर बसपार्क छेउको होटलमा गोविन्दले भाडामा लिएको कोठामा पुगिन् । कोठामा पनि बच्चा खोइ भन्दा अस्पतालमै छ भनेका गोविन्द १६ असारमा मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किएपछि पुनः होटलमा फर्किएनन् ।
बिहे गर्ने वाचा गरेर बच्चासमेत जन्मिएपछि प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत नपाएपछि युवतीले प्रहरीमा उजुरी दिइन् । जाहेरीअनुसार प्रहरीले अनुसन्धान थालेर गत शुक्रबार प्रेमी गोविन्द र प्रसुति गराउने चिकित्सक कर्णलाई प्रहरीले पक्राउ गरेको डिएसपी दाहालले बताए ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ कर्ण कोशी अस्पतालका पूर्वप्रमुखसमेत हुन्।
दाहालले प्रसुती व्यथा लागेपछि अस्पतालमा भर्ना गर्दा युवतीको वास्तविक नाम नराखेर फूलकुमारी तामाङ लेखिएको पत्ता लागेको बताए ।
पर्चीमा फूलकुमारी नाम भएकी युवतीले जन्माएको शिशुको जिम्मा डाक्टर कर्णले लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । पक्राउ परेका कर्ण बिरामी भएको भन्दै कोशी अस्पतालमा भर्ना भएका छन्।
चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन।
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया