गठबन्धनको अग्निपरिक्षा
कोशीका मुख्यमन्त्रीले जुटाउलान् आज विश्वासको मत ?

विराटनगर । कोशी प्रदेश सभामा आज सत्ता गठबन्धनको अग्नि परिक्षा हुँदैछ । सरकार निर्माणका लागि सभामुख बनेका नेतालाई कहिले सरकार गठनमा प्रयोग गर्ने त कहिले राजीनामा नै गराएर बहुमत जुटाउने खेलमा लागेको सत्ता गठबन्धनलाई आज कोशीको प्रदेश सभामा विश्वासको मत लिनुपर्ने छ । साउन १६ मा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका कांग्रेसका उद्धव थापाले प्रदेश सभा बैठकमा आज विश्वासको मत लिने कार्यसूची छ।
उनलाई साथ दिएका गठबन्धन दलका मात्र हिसाव गर्ने हो भने बहुमत छ । तर प्रदेश सभाको बैठक कसले सञ्चालन गर्छ ? भन्ने ले नै उनको मुख्यमन्त्रीको पदको अग्निपरिक्षा हुँदैछ । सभामुख नरहेकोले उपसभामुख बैठकमा नआईदिएमा थापालाई संकट पर्नेछ । यसको संकेत आइतबार नै देखिइसकेको छ । विश्वासको मत दिने दिन सांसद भने कम उपस्थित हुने छनक आइतबार नै देखिसकिएको छ । कोशीको राजनीति किचलोले सांसद् तितर–बितर छन्, संसद् अस्तव्यस्त छ।
कोशी प्रदेशसभाका आठ ज्येष्ठ सांसदले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन्। उनीहरूले उपस्थित हुन नसक्ने कारण घरायसी काम भनेका छन्। यसरी उपस्थित हुन नसक्ने भनी जानकारी गराउने हरु विपक्षी एमाले र राप्रपाका सांसद हुन । उनीहरु प्रदेश सभाका जेष्ठ सदस्यहरु हुन् । यदि कथंमकदाचित उपसभामुख बैठक सञ्चालनमा नआएमा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान हुन्छ । जेष्ठ सदस्य रहेका कांग्रेसका गयानन्दलाई सत्ता गठबन्धनले राज्यमन्त्रीमा नियुक्त गरेका कारण विपक्षी दलका जेष्ठ सदस्यहरुले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्थ्यो, यदि उपसभामुख बैठकमा नआईदिएमा । तर उनीहरुले एकाएक आइतबार बैठकमा नआउने भन्दै घरायसी कारण देखाएर बिदामा बसेका छन् ।
यसले मुख्यमन्त्री थापालाई थप सकस थपेको छ।
सोमबारको बैठकमा एमालेका सात र राप्रपाका एक जना सांसदले उपस्थित हुन नसक्ने भन्दै उपसभामुखलाई सम्बोधन गरेर निवेदन दिएको संसद् सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भन्छन्, ‘आठ जना सांसदले घरायसी काम परेका कारण केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिनुभएको छ। सोमबार मात्रै होइन, उहाँहरू अन्य दिन पनि नआउने सम्भावना त्यो निवेदनले देखाउँछ।’
सदनमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिनेमा एमालेका सांसद रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी छन्।
त्यस्तै, राप्रपा सांसद गोपालबहादुर विश्वकर्माले पनि उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन्। उनीहरू सबै ६० वर्ष माथि उमेरका छन्। एमाले सांसद कार्की ७१, लिम्बू ६७, महतो ६७, ढकाल ६६, बस्नेत ६७, दुलाल ६५ र सुवेदी ६४ वर्षीय हुन्। राप्रपा सांसद विश्वकर्मा ६५ वर्षीय हुन्। राप्रपाका अर्का ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट ९६५० ले भने निवेदन दिएका छैनन्। तर, उनले आफू बिरामी भएको बताए।
यता नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा छन्। सोहीअनुसार दुवै दलले ज्येष्ठ सदस्यलाई संसद्मा उपस्थित नहुन निर्देशन दिएको स्रोत बताउँछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग ४७ मत नै छ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ। विपक्षमा एमालेका ३९९उपसभामुख बाहेक० र राप्रपाका ६ जना सांसद छन्।
नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया