बुधबार, फागुन ६, २०८२

व्यवस्थालाई धरापमा पार्ने काम गरेको भन्दै उपसभामुखमाथी कोशीका मुख्यमन्त्रीको आक्रोश

भदौं १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिन्छु

मेरोन्यूज २०८० भदौ ४ गते १३:२६

काठमाडौँ । कोशीका मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने दिन उपसभामुख सृजना दनुवार बिरामी भएको बताउँदै काठाडमौं हिाडेपछि मुख्यमन्त्री उद्दव थापा आक्रोशित भएका छन् । उपसभामुखले बैठक छोडेर काठमाडौं हिडेर संसदीय परम्परा तोडेको मुख्यमन्त्री थापको आरोप छ ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने बताएका छन् । उनले भने, ‘संसदीय परम्परालाई उहाँले तोड्ने काम गर्नुभयो । यो व्यवस्थालाई धरापमा पार्ने काम गर्नुभएको छ । यसले राज्य व्यवस्था र संसदीय व्यवस्थामा द्वन्द्व सिर्जना गर्ने काम गर्नुभएको छ । हामी द्वन्द्वबाट जाँदैनौं सहमतिबाटै जान चाहन्छौं ।’

उपसभामुख दनुवारले आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर संसदीय व्यवस्थालाई धरापमा पार्ने र द्वन्द्व सिर्जना गर्ने अवस्था निर्माण गरेको मुख्यमन्त्री थापाको आरोप छ ।

झप्रमुख प्रतिपक्षी एमालेको सल्लाहमा विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवलाई दिएपछि उपसभामुखज्यूले समय तोक्नुभएको थियो,’ मुख्यमन्त्री थापाले भने, ‘यदि विश्वासको मत लिने बैठकमा उपस्थित हुने मन थिएन भने उपसभामुखज्यूले समय नदिएको भए पनि हुन थियो नि ? किन समय निर्धारण गर्नु ?’

प्रमुख प्रतिपक्षी दलसँगको सहमतिमा उदारतापूर्वक गठबन्धनको १५ र तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटको ८५ प्रतिशत राखेर प्रतिस्थापन विधेयक ल्याएर प्रदेशसभा सचिवालयमा आइतबार दर्ता गराइसकिएको मुख्यमन्त्री थापाले बताए ।

अब आफू नेतृत्वको सरकारले आफ्नै बजेट ल्याएर प्रदेशसभाबाट पारित गराउने मुख्यमन्त्री थापाले बताए ।

दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया