शुक्रबार, माघ २३, २०८२

काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिए

मेरोन्यूज २०८० भदौ ४ गते १८:०१

काठमाडौँ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालयले आज नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका केसी र कार्कीलाई हटाएको हो । केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौर र काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । केसीलाई महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ । निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सरुवा गरिएको छ ।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।

प्रतिक्रिया