उच्चस्तरीय समितिको कार्यादेश र संरचना आज टुंगो लाग्ने

काठमाडौं । सुन प्रकरणबारे छानबिन गर्न बनाइने समितिको कार्यादेश र त्यसको संरचना मंगलबार टुंगो लगाइँदै छ।
उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र त्यसको संरचनाको मस्यौदा आज तयार पार्न लागिएको हो।
सोमबार राति सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलबीच सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको थियो। सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।
कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।
उक्त बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रलाई अन्तिम रुप दिएपछि समिति गठन हुने नेताहरुले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गर्दे आएको छ ।
एमालेको अडानअनुरूप नै सुन प्रकरणबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउन सबै सहमत भएका हुन्।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया