टी-२० आई सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि २० आई खेलमा विजयी सुरुवात गरेको छ। अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपाली क्रिकेट टोलीले विजयी सुरुवात गरेको हो ।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। लक्ष्य भेट्टाउने क्रममा सम्झना कुमारी खड्का ३६ सीता राना मगर ३ रनमा नटआउट रहे। सम्झना ३६ बलमा ५ चौका हान्दै ३६ रनको योगदान दिइन्।
ओपनर पुजा महतोले १६ रनको योगदान दिइन्। नेपाली राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी पुजाले एक विकेट पनि लिएकी थिइन् ।
ओपनर बिन्दु रावल शुन्यमा एलबीडब्लु धरापमा परिन्। इन्दु बर्मा ९ रन बनाउँदा
रुविना क्षत्री वेलबासेले १० रन बनाइन् ।
त्यसअघि वायोमास ओलल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रन बनाउँदा अलआउट भएको थियो ।
हङकङकी यास्मिन दासवानी ६, मारिको तविथा ओटा ६, सिंगयान डोरोथिया चान १६, शान्जिन शहजादलाई २, रुचिथा भेन्काटेस १ र बिबि मर्यामलाई ९ तथा
का यिङ चान ३४ रन बनाएर आउट भए ।
नेपालका लागि सीता राना मगरले ५ विकेट लिइन्। इन्दु बर्माले दुई, रुविना क्षत्री, पुजा महतो र कविता कुवँरले एक, एक विकेट लिए।
सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार कुवेतसँग खेल्नेछ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया