पूर्वप्रधानमन्त्री र पूर्वमुख्यसचिवलाई उम्काएर ४ पूर्वमन्त्री र ६ पूर्वसचिवविरुद्ध मुद्दा चलाउन सिआईबीको सिफारिस

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई उन्मुक्ति दिँदै अन्यलाई मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको छ । सिआईबीले पूर्वमुख्यसचिव लिलामणि पौडेललाई मुद्दा नचलाउन राय दिएर आज प्रतिवेदन बुझाएको छ ।
सिआईबीले चार पूर्वमन्त्री र छ जना पूर्वसचिवलाई प्रतिवादी बनाएर किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय जिल्ला सरकारी वकिललाई दिएको छ । सिआईबीको अनुसन्धान प्रतिवेदनमा चार पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिइएको छ । सिआईबीले गच्छदार, जोशी र साहसँग बयान लिएको थियो । श्रेष्ठसँग भने बयान लिएन । यी सबै भौतिक योजना र भूमिसुधार मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरू हुन् ।
त्यस्तै सिआईबीले भौतिक योजना र भूमिसुधार मन्त्रालयमा त्यसबेला सचिव भएका ६ जनालाई पनि मुद्दा चलाउन राय दिएको छ । पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई प्रतिवादी बनाउन अनुसन्धान प्रतिवेदनमा सिफारिस गरिएको छ । बस्न्यात सचिवबाट अवकाश भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुँदै पूर्वआयुक्तसम्म भए । पन्त खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री भएका थिए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार, पूर्वमन्त्री श्रेष्ठ, तत्कालीन राज्यमन्त्री साह जग्गाको सट्टा भर्नाको निर्णय प्रक्रियामा संलग्न थिए । त्यसै पूर्वमन्त्री जोशी गुठीमा जग्गा दर्ता गर्ने प्रक्रियाको निर्णयमा संलग्न थिए ।
पन्त भूमिसुधार सचिव छँदा र बस्न्यात भौतिक योजना सचिव छँदा ०६६।६७ ताका प्रधानमन्त्री निवास विस्तार र नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णय भएको थियो । अधिकारी, भुसाल र जोशीलाई सरकारी जग्गा टिकिन्छा गुठीमा लगेर भूमाफियालाई दिनेसम्बन्धी निर्णय प्रक्रियामा आरोपित बनाइएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया