प्रेमीसँगको मिलेमतोमा डाक्टरले बेचिदिएकी शिशु प्रहरीले फेला पार्यो

विराटनगर । अविवाहित युवतीले जन्माएपछि युवतीका प्रेमी र डाक्टर मिलेर बेचिदिएकी नवजात शिशु प्रहरीले फेला पारेको छ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएकी शिशु चिकित्सक तपेश्वरलाल कर्णले बेचेको आफूहरूले शिशु फेला पारेपछि पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी)रञ्जन दाहालले जानकारी दिए ।
‘हामीले शिशु फेला पारेका छौं’, डिएसपी दाहालले भने, ‘पक्राउ परेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई दिएको खुलेको छ। कति पैसा लिएर दिएको भन्ने खुल्न बाँकी छ।’
मोरङको कहटरी २ की दिलमाया राजवंशीलाई डा. कर्णले शिशु दिएको प्रहरीले बताएको छ । बच्चा फेला पारेपछि कोशी अस्पतालमा रहेका डा. कर्णलाई पनि प्रहरीले डिस्चार्ज गरेर ल्याएको छ ।
प्रहरीले शिशुकी आमाको प्रेमी भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दाा २७ वर्षीय गोविन्द राई र चिकित्सकलाई शुक्रबार पक्रेको थियो।
गत असार १३ गते सुनसरी रामधुनी नगरपालिकाकी युवतीले डा. कर्णको निगरानीमा विराटनगरस्थित ग्रीनक्रस अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । नर्मल रूपमा छोरी जन्माएकी युवतीलाई अर्कोदिन १४ असारमा अस्पतालबाट डिस्चार्ज गरे पनि प्रेमी र डा. कर्णको मिलेमतोमा शिशु नदिएर गायब बनाइएको थियो ।
युवतीले बच्चाबारे सोध्दा प्रेमी राईले बच्चा अस्पतालमै रहेको, उपचारका लागि राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किएकी थिइन् ।
बच्चाबिनै युवतीलाई प्रेमी गोविन्द राईले इटहरी बसपार्क छेउको होटलमा कोठा लिएर राखेका थिए । असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किएका राई नफर्किएपछि सुत्केरी युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले युवतीको जाहेरी अनुसार अनुसन्धान गरी गत शुक्रबार प्रेमी र प्रसूति गराउने चिकित्सकलाई पक्राउ गरेपछि यो रहस्य पत्ता लागेको हो ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कर्ण कोशी अस्पतालका पूर्व प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) हुन्।
















नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया