कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै ७ गते बिहीबार । साउन शुक्ल अष्टमी । पञ्चाङ्ग : एन्द्र विष्टिरभद्रा विशाखा , गौरा पर्व । अगस्ट २४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनेछ। परिवारमा सबैको सहयोग मिल्नेछ। मान सम्मान बढ्नेछ।
वृष- आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। आफ्नो लागि केही समय निकाल्नुहोला । आज कुनै ठूलो लेनदेन नगर्नुहोला। वादविवादबाट टाढै रहनु उत्तम हुनेछ । बोलीमा पनि संयम राख्नु होला । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनु पर्नेछ।
मिथुन- आज लामो यात्रामा जान सकिनेछ । स्वास्थ्यमा उतारचढाव आउनेछ । यात्रामा सावधानी अपनाउनुहोला।
कर्कट- आजको दिन तपाईको लागि राम्रो रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। परिवारमा मांगलिक कार्यक्रमको अवसर मिल्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । श्रीमतीसँग मनमुटाव हुनसक्छ ।
सिंह- दिन सुखद रहनेछ। कुनै पनि धार्मिक तीर्थयात्रा आदिमा जान सकिने छ । व्यापारमा नयाँ अवसरहरू सिर्जना हुनेछन्। अदालतमा विजय प्राप्त हुनेछ।
कन्या- आज चिनजानको ब्यवहारले मन खिन्न रहनेछ। खानपानमा विशेष ध्यान दिनु पर्नेछ । आज कुनै ठुलो निर्णय नगर्नु होला । व्यापार व्यवसायमा उतारचढाव आउनेछ । परिवारमा प्रियजनहरूसँग मतभेद हुन सक्छ।
तुला- आज स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ। आज कुनै नयाँ कामको थालनी नगर्नुहोला। वादविवादबाट टाढा रहनुहोला । घरपरिवारमा मनमुटाव हुन सक्छ। व्यापारमा कुनै जोखिम नलिनु उत्तम हुनेछ ।
वृश्चिक- परिवारसँग बाहिर कतै घुम्न जान अवसर बन्नेछ। व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा मांगलिक कार्यक्रम बन्न सक्छ। पत्नीको स्वास्थ्यमा सुधार हुनेछ।
धनु- मान सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा विशेष व्यक्तिको सहयोग मिल्नेछ । व्यापारमा नयाँ कामको लागि योजना बन्न सक्छ। तपाईको हरेक निर्णयमा परिवारकाे साथ रहनेछ।
मकर- अस्वास्थ्य महसुस हुनेछ। व्यापारमा घाटा हुन सक्छ । मन चंचल रहनेछ । वादविवादबाट टाढा रहनु होला ।
कुम्भ- आज सामाजिक क्षेत्रमा अपमानको सामना गर्नु पर्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला । परिवारमा नजिकको व्यक्तिको स्वास्थ्यका बारे चिन्तित भइनेछ ।
मीन- अध्यात्ममा रुची रहनेछ। व्यापार–व्यवसायमा आज केहि नयाँ गर्न सकिनेछ । परिवारका साथ धार्मिक यात्रामा जान सकिनेछ । परिवारकै सदस्यहरूले तपाईंको कुनै कामको विरोध गर्न सक्छन्।
















मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया