शुक्रबार, वैशाख ४, २०८३

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० भदौ ७ गते ९:५५

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैंकका संस्थापक शेयरधनी गिताराम थापा मगरको एक हजार ५१५ कित्ता र सीता देवी पुलामीको दुई हजार ६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता समेत खुलाई कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया