अदालतको पेसीकै दिन सन्दीप लामिछाने पाकिस्तान जाने

काठमाडौं । अदालतमा पेशी तोकिएकै दिन क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान जाने भएका छन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ । उनी त्यही दिन पाकिस्तान जाने गरि तयारीमा लागेका छन् ।
सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ ९क्यान० लाई जानकारी गराइसकेका छन्।
आइतबार उनको मुद्दाको पेसी तोकिएको छ। तर उनको मुद्दा आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम रहेको सन्दीपका वकिलहरुले बताएका छन् । आइतबार सुनुवाईमा पालो नआउने देखेपछि सन्दीपका वकिलहरुले अब भदौं १८ गते पछि मात्र मुद्दाको पेसी राख्न अदालतमा आग्रह् गर्ने तयारी गरेको छ ।
न्यायाधीसले उनको मुद्दामा एकै दिन सुनुवाइृ गर्न खोजेका छन् । आज केही हेर्ने र हेर्दाहेदैंमा अर्काे दिन मुद्दा हेर्ने योजनामा न्यायाधीस नरहेको र एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने न्यायाधीसले नै यस अगाडी जनाएका थिए। त्यस आधारमा पनि आठौं नम्बरमा रहेको मुद्दाको पेशी आइतबार पनि सर्ने सम्भावना नै अधिक रहेको तर्कसहित सन्दीपका वकिलहरुले अब उनलाई पाकिस्तान पठाउने र पाकिस्तानबाट भदौं १८ मा फर्केपछि मात्र सुनुवाई राख्न आग्रह गर्ने तयारी गरेका छन् ।
नेपाली क्रिक्रेट टोली अहिले पाकिस्तानमा छ । तर सन्दीप भने मुद्दाको सुनुवाइको पेसी रहेकैले टोलीसँग पाकिस्तान गएका थिएनन्।
यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो। सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए।
एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ। त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ। भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ।
समूहका तीन टोलीमध्ये दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। तर एसियाकप खेल्नुअघि नै नेपालले पाकिस्तानमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ। यी खेलहरुका लागि सन्दीपलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो ।
यसअघि जिल्ला अदालतमा पेसी तोकिए पनि न्यायाधीशले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीकी आमाको उमेर विवादित देखिएकाले एकिन गर्न आदेश दिएका थिए।
पर्साको नारायणी अस्पतालले किशोरी र उनकी आमाको जन्ममिति प्रमाणित गरेर पठाइसकेको छ। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन्।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया