संसदीय समिति सभापति निर्वाचन तालिका सार्वजनिक

काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ। संसद सचिवालयले आगामी भदौं ११ गते दिउासो ३ बजे समिित सभापति निर्वाचन गर्ने गरि निर्वाचन तालिका आज सार्वजनिक गरेको छ ।
राजनीतिक समझदारीपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सभापति चयनको मिति तोकेका थिए । त्यही आधारमा आज निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।
तालिका अनुसार १० गते विहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारले उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने र ११ गते मतदानको प्रक्रिया हुने उल्लेख छ ।
संसद नियमावलीको नियम १७६ अनुसार कम्तीमा ४८ घण्टाअघि सभाका सचिवले कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा आज कार्यतालिका सार्वजनिक भएको हो ।

करिब आठ महिनादेखि विषयगत समिति नेतृत्वविहीन हुँदा संसद्का गतिविधिको प्रभावकारितामै प्रश्न उठिरहेको छ। सदनको करिब एक महिनाको गतिरोध अन्त्यसँगै दलहरूबिच सभापति चयनको प्रक्रिया पनि अघि बढाउने समझदारी भएको थियो। सोहीबमोजिम कार्यतालिका प्रकाशन गर्न निर्देशन दिइएको हो। वैशाख १५ गते विषयगत समिति गठन भएका थिए।
समितिमा एक मात्र मनोनयन परेमा सभापति निर्विरोध चयन हुने छ। मत बराबर भएको अवस्थामा बाहेक समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई मताधिकारको व्यवस्था हुने छैन।
प्रमुख दलहरूबिच संसद्का दुई संयुक्त र १० विषयगत समितिमा सभापतिको भागबन्डा मिलिसकेको छ। संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले नेतृत्व गर्ने छन्। सुनुवाइ समितिको कांग्रेस र राज्यका निर्देशक सिद्धान्तको एमालेले नेतृत्व गर्ने राजनीतिक सहमति बनेको छ।
यस्तै १० विषयगतमध्ये सार्वजनिक लेखा र थप एक समिति एमालेले पाउने छ। महिला तथा सामाजिक समिति एमालेले पाउने सहमति यसअघि भएको थियो। बाँकी आठ विषयगतमध्ये सत्तारूढ दलहरूले नेतृत्व गर्ने छन्। कांग्रेसले संयुक्तसहित चार, माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टीले एक, नेकपा (एकीकृत समाजवादी) ले एक र जनमत पार्टीले एक समितिको नेतृत्व पाउने समझदारी सत्तारूढ दलभित्र बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभापतिमा दाबी गरे पनि नेतृत्व पाउने निश्चित छैन। थप राजनीतिक परामर्श भने जारी छ।

















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया