ग्रीसमा अपहरण गरी नेपालमा फिरौती लिने सिआईबीको फन्दामा

काठमाडौँ । ग्रीसमा अपहरणमा परेका तीन जना नेपालीलाई सकुशल मुक्त गराई नेपालमा फिरौती रकम लिने व्यक्तिहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा सर्बिया पुगेका एक महिला र दुई पुरुषलाई ग्रीस प्रवेश गर्ने क्रममा पाकिस्तानी नागरिक तथा तिनका सहयोगीले अपहरण गरेका थिए ।
पक्राउ पर्नेमा धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेल्बासे र पर्वतका दिलबहादुर थापा छन् ।उनीहरूलाई अपहरण गरेलगत्तै हिन्दी भाषा बोल्ने ती व्यक्तिले ‘ह्वाट्सएप’मार्फत परिवारलाई सम्पर्क गरी १५ हजार युरो फिरौती मागेका थिए ।
अपहरणमा परेका तीनै जना वैदेशिक रोजगारीको सिलसिलामा सर्बिया गएको र त्यहाँको रोजगार तथा तलब सुविधा चित्त नबुझेपछि लुकिछिपी ग्रिस जाने क्रममा अपहरणमा परेका थिए । पीडितका परिवारले अपहरणकारीले भनेबमोजिम नेपालमा रहेका विभिन्न व्यक्तिलाई २१ लाख ७५ हजार रुपैयाँ बुझाएका थिए । घटनामा संलग्न नेपालीहरूलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । उनीहरूले लिएको फिरौती रकमसमेत सीआईबीले बरामद गरेको छ ।
पक्राउ परेका ४ जनालाई नै अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।
















साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया