शनिबार, चैत २१, २०८२

धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे राष्ट्रिय सभा अध्यक्ष

मेरोन्यूज २०८० भदौ ८ गते १७:४२

काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाण्डौका विभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहेका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौमा रहेको बयोधालगायतका अस्पतालमा पुगेर उपचार गराई रहेका घाइतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेको उनका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । उनले घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाण्डौको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १÷१ जनाको उपचार भइरहेको छ ।

काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो भने १७ जना यात्रु घाइते भएका थिए ।

गजुरी गाउँपालिका वडा नं २ चालिसे भन्ने ठाउँमा बस अनियन्त्रित भई त्रिशुली नदी खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया