आज रातभर मुलुकभर पानी पर्ने, बागमती र मधेशमा भारी वर्षात्

काठमाडौँ । आज रातभर मुलुकभर वर्षात् हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान साथै लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको हो।
महाशाखाले राति कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा तथा बाँकी प्रदेशका हल्का वर्षा हुने सम्भावना रहेको बताएको छ।
यस क्रममा कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र बागमती प्रदेशका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) सम्मका लागि जारी गरेको चेतावनी तथा परामर्शमा कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती प्रदेशका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको तथा यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
प्रतिक्रिया