कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया