खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु सङ्क्रमण, अस्पताल भर्ना
मेरोन्यूज
२०८० भदौ १० गते ८:१६

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए ।
मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा धुर्व गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।
मन्त्री लिम्बूलाई भेट्न आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।
सम्बन्धित
















बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
सब–इन्जिनियर यादव हत्या घटना : छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’
काठमाडौंमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया