ढुसी परेको कोक बेच्नेलाई एक लाख ५० हजार जरिवाना
मेरोन्यूज
२०८० भदौ १० गते १६:४२

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ढुुसी परेको कोक बेच्ने बिक्रेतालाई एक लाख ५० हजार जरिवाना गराएको छ। काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले एक लाख ५० हजार जरिवाना गराएको हो।
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरले जरिवाना गर्न काटेको पत्रमा उल्लेख छ।
जरिवाना तिर्न ७ दिनको समय महानगरले दिएको छ। सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने महानगरले बताएको छ।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ।
सम्बन्धित
















राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया