सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने
न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भइसक्यो : प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने भएको छ ।
आईतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि भोलिदेखि सो सिस्टम सुरु गर्न लागेको जानकारी दिए ।
उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताए । प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको बताए ।
प्रविधिका माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको प्रधानन्यायाधीश श्रेष्ठले बताए । सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने आफ्नो योजना रहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए ।
उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए । उनले भने, ‘न्यायपालिका भित्र भएका अनियमितताका कुराहरु । अब त्यो त न्यायपालिका भित्र हुनसक्ने, भएका, हुने अनियमितताका कुराहरुलाई हामीले एउटा विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्छ । सम्बोधन गर्ने क्रममा कतिपय कुराहरुलाई व्यवहारिक रुपमा पनि त्यसलाई सुक्ष्म रुपमा हेर्नुपर्ने, परख गर्नुपर्ने स्थिति आईपर्छ । सकभर हामीहरु चाहीँ एउटा प्रविधिबाटै जाऊ । प्रविधिमैंत्री भयो भने त्यस्ता भनाईहरु, त्यस्ता काम कारबाहीहरुको गुनासो कम आउँछ कि भन्ने कुरा भएको हुनाले भोली मात्रै मैले जुन अस्ती तपाईहरुको सामुन्ने भएको थिए । पेशी तारेख अटोमेशन शुभारम्भ । कि अब पेशी तारेख हुँदाखेरी कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु ।’
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने बताए । उनले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताए ।
मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अफ्टेरोभइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ थियो । उनले भने, ‘न्यायाधिश नियुक्तिको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ । त्यो मैले महशुस गरेको छु । म त्यसमा लागि सकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरु कम छ । मुद्दाहरुको बोझ छ ।’
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार संप्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया