ललिता निवासको जग्गा हिनामिना प्रकरण
पूर्वनिर्वाचन आयुक्त शाहलाई प्रतिवादी नबनाएपछि थुनामुक्त
मेरोन्यूज
२०८० भदौ १० गते २०:२२

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिवादी नबनाइ अभियोगपत्र दायर गरेपछि प्रहरी हिरासतमा रहेका पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह थुनामुक्त भएका छन् । सरकारी वकिल कार्यालयले आज जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गर्दा शाहलाई प्रतिवादी बनाएन ।
सीआईबीले मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलले प्रतिवादी नबनाएपछि उनलाई छाडिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत रहेका थिए ।
सीआईबीले मुद्दा चलाउन राय दिएका दाङका सिडिओ सुशिल वैद्यलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ। सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पनि सीआईबीले नबनाउन भनेको थियो।
तर, राउतविरुद्ध पनि मुद्दा दायर भएको छ।
सम्बन्धित
















मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया