ललिता निवास प्रकरण : अदालतमा आज पनि बयान जारी रहने

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो ।
सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।
जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासँग बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले यस प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो ।
सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको हो । प्रहरी हिरासतमा रहेका १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।
















अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया