ट्रक पल्टिँदा १७ भैँसी मरे
मेरोन्यूज
२०८० भदौ १२ गते ११:५३

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।
कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिन जाँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।
दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी÷पाडा जीवितै रहेको उनले बताए । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको जनाइएको छ ।
सम्बन्धित
















मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया