अनशनरत आरती रावल (गिरी) र सरकारबीच दुई बुँदे सहमति
मेरोन्यूज
२०८० भदौ १२ गते १८:३१

काठमाडौँ । असार १० गतेदेखि अनशनरत बाँकेको बैजनाथपुर ६ की आरती रावल (गिरी) र सरकारबीच दुई बुँदे सहमति भएको छ। आफ्नो जिउ ज्यानको सुरक्षा मागसहित अनशनरत हाल नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने आरतीसँग भएको सहमतिसँगै अनशन पनि तोडिएको छ।
आफ्नो श्रीमानविरुद्ध वैवाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सुरक्षा माग राखी आरती माइतीघर मण्डलमा अनशनरत थिइन्।
सहमतिअनुसार अब शान्ति सुरक्षाका लागि गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन दिने भएको छ।
सहमति पत्रमा आरती र गृह मन्त्रालयको तर्फबाट उपसचिव कुल बहादुर जिसीले हस्ताक्षर गरेका छन्।

सम्बन्धित
















राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
प्रतिक्रिया