नागरिकताबारे गृहले बनाएको छानबिन समितिको प्रतिवेदन
सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको नेपाली नाम निमा तामाङ

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले नेपालमा निमा तामाङको नामबाट नागरिकता लिएको खुलेको छ ।
गृह मन्त्रालयले उनको नागरिकताबारे छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा गठन गरेको समितिले तिब्बती मूलका बेल्जियन नागरिक दावाले नेपालमा निमा तामाङको नामबाट काभ्रे जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको भेटाएको हो । कटुवाट नेतृत्वको समितिले सोमबार मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
ठमेलस्थित ‘होटल भियना’को सञ्चालक छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट २०७४ पुस २० मा नागरिकता लिएको भेटिएको हो । उनको नागरिकता नम्बर ३०–०१–७४–११८६५ रहेको समितिका सदस्यले जानकारी दिए ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । ३ जनाले काभ्रेबाट र एकजनाले काठमाडौँबाट नागरिकता लिएका हुन् ।
काठमाडौँ महानगरपालिका–२ स्थित लाजिम्पाट बस्ने छिरिङको नेपालका हाइप्रोफाइलसँग सम्पर्क देखिएको छ । हाइप्रोफाइलहरुको सिफारिसमा उनले नागरिकता लिएको देखिएको समिति स्रोतले बतायो ।
कटुवाल मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका प्रमुख हुन् ।
काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक ली–नेङकाई, डिङ सेग्फाले नेपाली नागरिकता लिएको देखिएको छ ।
चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियासँग भारतीय आधार कार्ड फेला परेको छ ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया