नागरिकताबारे गृहले बनाएको छानबिन समितिको प्रतिवेदन
सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको नेपाली नाम निमा तामाङ

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले नेपालमा निमा तामाङको नामबाट नागरिकता लिएको खुलेको छ ।
गृह मन्त्रालयले उनको नागरिकताबारे छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा गठन गरेको समितिले तिब्बती मूलका बेल्जियन नागरिक दावाले नेपालमा निमा तामाङको नामबाट काभ्रे जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको भेटाएको हो । कटुवाट नेतृत्वको समितिले सोमबार मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
ठमेलस्थित ‘होटल भियना’को सञ्चालक छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट २०७४ पुस २० मा नागरिकता लिएको भेटिएको हो । उनको नागरिकता नम्बर ३०–०१–७४–११८६५ रहेको समितिका सदस्यले जानकारी दिए ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । ३ जनाले काभ्रेबाट र एकजनाले काठमाडौँबाट नागरिकता लिएका हुन् ।
काठमाडौँ महानगरपालिका–२ स्थित लाजिम्पाट बस्ने छिरिङको नेपालका हाइप्रोफाइलसँग सम्पर्क देखिएको छ । हाइप्रोफाइलहरुको सिफारिसमा उनले नागरिकता लिएको देखिएको समिति स्रोतले बतायो ।
कटुवाल मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका प्रमुख हुन् ।
काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक ली–नेङकाई, डिङ सेग्फाले नेपाली नागरिकता लिएको देखिएको छ ।
चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियासँग भारतीय आधार कार्ड फेला परेको छ ।
















२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया