सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ ।
आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब १३ करोड आठ हजार ४४ मा पुगेको छ ।
आजको कारोबारमा व्यापार र होटल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् । व्यापार समूह ३७ दशमलव ५५ र होटल तथा पर्यटन ७२ दशमलव १५ अङ्कले बढेको बजारमा बैंक शून्य दशमलव ८३, विकास बैंक एक दशमलव ८८, वित्त चार दशमलव ७१, जलविद्युत् पाँच दशमलव ४३, लगानी शून्य दशमलव १३, जीवन बीमा नौ दशमलव ३२, उत्पादन ३६ दशमलव ६१, लघुवित्त १५ दशमलव ५४ र म्युचल फन्ड शून्य दशमलव शून्य सात, निर्जीवन बीमा तीन दशमलव ९३ र अन्य समूह छ दशमलव १४ अङ्कले घटेको छ ।
आजको कारोबारमा सिटी होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०२ प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ«े बैंक लिमिटेडको रु १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया