सुन तस्करी प्रकरणमा राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८० भदौ १३ गते १८:०९

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विद्युतिय चुरोट (भेप) मार्फत भएको करिव ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो ।
उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।
प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।
सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पनि मुछिएका छन् । उनले पनि तस्करहरूसँग टेलिफोन सम्वाद गरेको देखिएको सिआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित
















बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया