संसदले सर्वसम्मतिले स्वीकृत गरेको नक्साको छिमेकीले सम्मान गर्नुपर्छ : सरकार
मेरोन्यूज
२०८० भदौ १५ गते १९:५४

काठमाडौं । नेपाल सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनले नयाँ नक्सा जारी गर्दा नेपालकाृ संसदले पारित गरेको नक्साको आकार नदेखाएकोबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
२८ अगस्टमा चीनले जारी गरेको नयाँ नक्सा जारी गरेको थियो । संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा लेखेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ ।’
मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया