अभिनेत्री निरुता सिंहले गरिन् बिहे
मेरोन्यूज
२०८० भदौ १६ गते १६:५१

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । विवाहको फोटो उनले आफैले फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।
आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन् ।
नेपाली दर्शकलाई भेट गर्न आफू छिट्टै नेपाल आउने पनि उनले फेसबुकमा लेखेकी छन् । कुनै समय नेपालकी लोकप्रिय अभिनेत्री निरुता सिंह पछिल्लो समय भारतमा बसोबास गर्दै आएकी थिइन् ।
तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेकी उनको दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारालगायतका चलचित्र सफल थिए ।
सम्बन्धित


















सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया