अपडेट : पेप्सीकोला दुर्घटनामा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १७ गते १०:५८

काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको हो।
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किंदा दुर्घटना भएको थियो ।
भट्टराई बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा १३ जना घाइते भएका छन् । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया