नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
मेरोन्यूज
२०८० भदौ १८ गते १९:५३

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।
पहिलो पटक एसिया कप र भारतसँग खेलेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २३० रन बनायो ।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनले ९७ बलमा ८ चौकासहित ५८ रन बनाए । त्यस्तै सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्काको मद्दतमा ४८ रन बनाए ।
ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए ।
सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।
भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले ३/३ विकेट लिए । मोहम्मद सामी, हार्दिक पान्ड्या र सार्दुल ठाकुरले एकएक विकेट हात पारे ।
सम्बन्धित
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया