एनसेलबाट ‘हेलो सरकार’ लाई निःशुल्क फोन गर्न सकिने

काठमाडौं। ‘हेलो सरकार’को टोल फ्री नम्बर ११११ को सेवालाई प्रभावकारी बनाउन सरकारले एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरेको छ। सहकार्यसँगै अब एनसेलका ग्राहकले ‘हेलो सरकार’को नम्बरमा निःशुल्क फोन गरी गुनासो राख्न सक्नेछन्।
आइतबार एक कार्यक्रमबीच विस्तारित सेवाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका छन्। सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको उनले बताए।
नागरिकका गुनासा र सुझाव सुनवाइका लागि सरकारले विगत १२ वर्षदेखि हेलो सरकार सञ्चालन गर्दै आएको छ।
हेलो सरकारसँग सहकार्य गर्न पाएकोमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले खुसी व्यक्त गरे।
‘जनगुनासा सुन्नका लागि हेलो सरकार उदाहरणीय संयन्त्र हो। सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,’ कायुमोभले भने।
प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन्।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया