कानुन मन्त्रालयका प्रवक्ता गौतम सचिवमा बढुवा
मेरोन्यूज
२०८० भदौ १९ गते १६:०७

काठमाडौं । सरकारले न्याय सेवाको कानुन समूहबाट हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रवक्ता रहेको सहसचिव फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरेको छ । बढुवा भएसँगै गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन भएको छ ।
गत साउन ५ गते कानुन सचिव धनराज ज्ञवालीले निजामती सेवाबाट अवकाश पाएसँगै न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त थियो ।
न्याय सेवा आयोगले गरेको सिफरिसमा गौतम कानुन समूहबाट सचिव बढुवा भएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष हुने आयोगमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् ।
विगतदेखि नै आयोगले बढुवाका लागि कानुन समूहका वरिष्ठतम् सहसचिव ९एक जना०को नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने गरेको छ ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया