यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा कर्मचारीलाई कालोमोसो दलेपछि पहिला पनि पक्राउ परेका थिए

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोट घर भएर काठमाडौंको बालाजुमा बस्ने श्यामबाबु सापकोटा पहिला पनि पक्राउ परेको खुलेको छ ।
बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेपछि पक्राउ गरेर प्रहरीले सिंहदरबार वृत्तमा राखेका सापकोटा २०७८ सालमा दुई पटक पक्राउ परेको देखिएको प्रहरीले जनाएको छ ।
सापकोटाको आपराधिक पृष्ठभूमि पनि केलाउँदा यसअघि उनी दुईपटक पक्राउ परिसकेको देखिएके प्रहरीले जनायो ।
सापकोटालाई २०७८ सालमा प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको देखिएको हो ।
पहिलोपटक बानेश्वरमा सरकारी कर्मचारीमाथि कालोमोसो दलेको आरोपमा उनीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको र दोस्रोपटक प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीले सापकोटाको घरमा खानतलासी र उनको मोवाइल फोन पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
आफूलाई हिन्दु राष्ट्र पक्षधर र राजावादी भनेर चिनाएका सापकोटाले यादवमाथि किन खुकुरी प्रहार गरे भन्ने खुलेको छैन ।
खुकुरी प्रहार गरेपछि उनले ‘एमसिसी खारेज गर, राष्ट्रियता जिन्दावाद, हिन्दु राष्ट्र कायम गर’ भन्ने नारा लगाएका थिए ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया