कृषि गणनाको नतिजा सार्वजनिक
कृषि गर्ने जमिन घट्यो, ३९ लाख ९९ हजार परिवार खेतीपातीमा आवद्ध

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ। हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांक अनुसार, नेपालमा कृषि गर्ने जमिन घटेको छ । तर कृषि गर्ने जनसंख्या भने बढेको तथ्यांकमा उल्लेख छ । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् ।
कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको उल्लेख छ । त्यस्तै १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको हो।
२०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतीपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए। नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो ।
















शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया