आइतबार, मंसिर ७, २०८२

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त

मेरोन्यूज २०८० भदौ २१ गते १८:१०

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. झालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्षमा झासहित डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन् । वर्तमान उपाध्यक्ष डा. गिरीको कार्यकाल भदौ २५ मा सकिँदैछ ।

आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो । उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौ १७ र १८ गते अन्तरर्वार्ता र प्रस्तुतिकरण हेरेको थियो ।

प्रतिक्रिया