मेरो माइक्रोफाइनान्सका अध्यक्षले राष्ट्र बैंकका अधिकारी समक्ष लिए सपथ

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न नपाउने ब्यवस्था अनुरुप सो पद खाली थियो ।
संस्थाको २०८० भाद्र २१ गते बसेको संचालक समितिको १४५ औं बैठकले संचालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी नेपाल भुषण श्रेष्ठलाई संचालक समितिको सदस्यमा मनोनयन गरेको छ ।
संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरुबाट १ लाख ६१ हजार भन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया