बुधबार, पुष २, २०८२

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

मेरोन्यूज २०८० भदौ २२ गते १९:०२

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिला काली वंशीको मृत्यु भएको छ ।

बर्दिया प्रहरीले शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट बंशीको मृत्यु भएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी हिक्मत बहादुर बोहोराले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा बंशीलाई बाघले आक्रमण गरेको जानकारी दिए ।

बाघको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लैजाँदै गरिएको डीएसपी बोहोराले बताए । महिलाको शव पौने ५ बजेतिर भेटिएको थियो ।

घटनास्थल सदरमुकाम गुलरीयाबाट २५ किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रतिक्रिया