बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
मेरोन्यूज
२०८० भदौ २२ गते १९:०२

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिला काली वंशीको मृत्यु भएको छ ।
बर्दिया प्रहरीले शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट बंशीको मृत्यु भएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी हिक्मत बहादुर बोहोराले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा बंशीलाई बाघले आक्रमण गरेको जानकारी दिए ।
बाघको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लैजाँदै गरिएको डीएसपी बोहोराले बताए । महिलाको शव पौने ५ बजेतिर भेटिएको थियो ।
घटनास्थल सदरमुकाम गुलरीयाबाट २५ किलोमिटर पश्चिमतर्फ पर्छ ।
सम्बन्धित

















पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया