साँफे–मार्तडी सडक अवरुद्ध
मेरोन्यूज
२०८० भदौ २४ गते १०:२६

बाजुरा । शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए।
लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए । पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् ।
सम्बन्धित


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया