ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसँग अदालतले माग्यो २ करोड ४६ लाख धरौटी
मेरोन्यूज
२०८० भदौ २४ गते १६:३९

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिन प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केट्सका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो ।
गुरुङविरुद्ध बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले थुनामा रहेका १८ जनामध्य केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम बेग्लाबेग्लै छ ।
सम्बन्धित
















समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया