जोकोभिचले जिते यूएस ओपन टेनिसको उपाधि

काठमाडौं। यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।
रुसी खेलाडी ड्यानियल मेदभेदेभलाई६–३७–६ ९५०, ६–३ को जित निकाल्दै ३६ वर्षीय जोकोभिचले सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको कीर्तिमान बराबरी गरेका छन् । सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमान कोर्टको नाममा थियो ।
जोकोभिचले यो वर्ष दुई ग्रान्डस्लाम अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए। विम्बल्डनको फाइनलमा भने उनी अल्काराजसँग पराजित भए। जोकोभिचले पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।
स्पेनका राफाल नाडालले २३ पटक ग्रान्डस्लाम जितेका छन् । जोकोभिच करियरको ३६ औं ग्रान्डस्लाम फाइनल खेलेका हुन्। उनी आफ्नो करियरमा एकै वर्ष चारै ग्रान्डस्लामको फाइनल पुगेको यो तेस्रो पटक हो। जोकोभिचको नाममा चार यूएस ओपन उपाधि पुग्यो। पछिल्लो पटक उनी २०१८ मा च्याम्पियन बनेका थिए।
२७ वर्षीय मेदभेदेभको भने समग्रमा पाँचौं र न्यूयोर्कमा तेस्रो फाइनल खेलका हुन्। सन् २०२१ मा उनले यूएस ओपनमा जोकोभिचलाई नै पराजित गरेर करियरको पहिलो ग्रान्डस्लाम जितेका थिए।
















प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया