शनिबार, फागुन २, २०८२

‘बीपीले पूरा अवधि सरकार चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको अवधारणालाई व्यवहारमा उतार्न पाएनन्’

मेरोन्यूज २०८० भदौ २५ गते १७:५०

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बीपीनगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा धारणा राखेका थिए।

हरि शर्माले राजनीतिक पूर्वग्रहका कारण बीपीले दुई तिहाई बहुमतसहितको सरकाको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणलाई व्यवहारिक रुपमा उतार्न नपाएको बताए।

वरिष्ठ अधिवक्तासमेत रहेका विपिन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाएको बताए ।

अर्थविज्ञ अच्युत वाग्लेले बिपीले समाजवादी अर्थनीति अनुशरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका संकेत देखिएका थिए तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।

आर्थिक मित्तव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बीपीको अवधारणालाई तत्कालिन सरकारले २०१६ सालमा अभ्यास शुरुवात गरेको बताए।

मञ्चला झाले बिपी नेतृत्वको सरकारले समावेसीता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नु पर्ने खाँचो औल्याइन्।

नेपाली साहित्यका शिखर पुरुष बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपीनगर ललितपुरमा आइतबारबाट शुरु भएको हो । तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सवको दोश्रो दिन सोमबार ‘बीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ हुँदैछ । जहाँ ३० जना गजलकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन्।

प्रतिक्रिया