गृहले गर्यो ४ जिल्लाका प्रजिअ, अध्यागमन विभाग र कार्यालयका प्रमुखसहित १० सहसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो।
तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । सुबेदीलाई दाङको सीडीओ बनाइएको छ ।
उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।
रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याल लाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ।त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।
















२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया