सरकारले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने, निर्णय गर्न बोलाइयो आकस्मिक मन्त्रिपरिषद्
एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र निम्वाङको निधनपछि आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक र नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछन् ।
सरकारले संविधान सभा अध्यक्ष नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्न आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएको हो । बिहान १० बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने गृहमन्त्री श्रेष्ठले बताए।
२०५१ मा कानुन मन्त्री भइसकेका नेम्वाङ २०६३ को अन्तरिम संसदका सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरवस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए।
नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।
यता एमाले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको अकस्मात् निधन भएपछि त्यसबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए।
कोअर्डिनेसन केन्द्रदेखि नै भूमिगत राजनीतिमा सक्रिय रहेका नेम्वाङ एमालेभित्रको आन्तरिक राजनीतिमा संस्थापन पक्षधर नै भए पनि मिलेर जानुपर्छ भन्ने धारणा राख्थे।
एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्। नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेट जाँदा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया