शनिबार, माघ २४, २०८२

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

मेरोन्यूज २०८० भदौ २६ गते १४:२३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।

विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ गरिएका आरोपितको नाम भने प्रहरीले खुलाएको छैन ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया