शनिबार, फागुन २, २०८२

यस्तो छ संसद्‍मा दर्ता भएको विद्यालय शिक्षा विधेयक (पूर्ण पाठ)

मेरोन्यूज २०८० भदौ २७ गते ११:२२

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार विधेयक संसदमा दर्ता गराएका हुन् । दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् ।
मन्त्रिपरिषद्ले १ महिनाअगाडि संसद्‍मा दर्ता गर्ने निर्णय गरे पनि स्वार्थ समूहको दबाबमा विधेयकलाई पुनस् संशोधन गरी बुधबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रस्तावित विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए ।

त्यसपछि सरकारले यसलाई ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो ।

हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकको मागलाई पनि प्रस्तावित विधेयकले समेटेको छ । राहतमा अध्यापन गराइरहेका शिक्षकले आन्तरिक परीक्षा दिन पाउने गरि विधेयक ल्याइएको छ । फेल भए सरकारले निश्चित रकम दिएर त्यस्ता शिक्षकहरुलाई बिदाइ गर्नेछ ।

शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव पनि विधेयकमा गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अविभावकहरुबाट मात्रै छनोट गर्न पाउने लगायतका प्रावधान पनि राखिएका छन् । यसअघि जनप्रतिनिधिको उपस्थितिलाई लिएर प्रश्न उठेको थियो ।

यस्तो छ विधेयकको पूर्ण पाठ

प्रतिक्रिया