चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको सीआईबीको निष्कर्ष
३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम

काठमाडौं । हङकङ देखि सुन तस्करी गर्ने चिनियाँ तस्कर समुहले नेपालमा ७ वटा कम्पनी खडा गरेर ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले निष्कर्ष निकालेको छ ।
अरु सामानबाट पनि सुन तस्करी गरेर ल्याइएको र त्यसका बारेमा अनुसन्धान जारी रहेकोले त्यसको अनुसन्धान गरेर थप पूरक प्रतिवेदन लिएर आउने सीआइबीले जनाएको छ । ७ मध्ये ६ वटा कम्पनी सामान ल्याउन प्रयोग भएको र एउटा कम्पनीबाट भने सामान ल्याएको नदेखिएको पनि सीआइबीको अनुसन्धानमा देखिएको छ ।
सीआइबीले यस प्रकरणमा ५० जनाको संग्लन्नता रहेको र उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय सहितको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
त्यस अगाडी सीआइबीले पत्रकार सम्मेलन गरेर त्यसबारेमा जानकारी गराएको हो ।
चिनियाँ तस्करहरुले लाजिम्पाट र टोखामा अलग अलग समुह बनाएर सुन तस्करीको काम गरेको सीआइबीको भनाई छ ।
२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको सीआइबीले निष्कर्ष निकालेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले पत्रकार सम्मेलनमा भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२।६२ किलो थप सुन ल्याएको देखिएको छ ।’
त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।

















Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
4 die, 5 injured in firing incidents in Karachi
प्रतिक्रिया