देउवा सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको रुकुमपूर्व जिल्लाको सदरमुकाम गोलखाडा तोक्ने निर्णय खारेज गरेको छ ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले देउवा सरकारको निर्णय खारेज गर्ने फैसदा गरेको हो ।
संवैधानिक इजलासले नयाँ मापदण्ड बनाएर रुकुम पूर्व जिल्लाको सदरमुकाम तोक्न सरकारका नाममा आदेश जारी गरेको छ ।
देउवा नेतृत्वको सरकारले १५ माघ २०७४ सालमा रुकुमपूर्व जिल्लाको सदरमुकान गोलखाडामा राख्ने निर्णय गरेको थियो । इजलासले सरकारको त्यो निर्णय बदर गर्दै निश्चित मापदण्डका आधारमा सदरमुकाम तोक्न वा सार्न आदेश जारी गरेको हो ।
‘संवैधानिक इजलासले त्यतिबेलाको मन्त्रिपरिषदको निर्णय बदर हुने आदेश गरेको छ’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘निश्चित मापदण्डका आधारमा फेरि सदरमुकाम तोक्न वा सार्न परमादेश जारी हुने व्यहोरा छ । आदेश तयार भएपछि त्यसको विस्तृत विवरण थाहा होला ।’
२०७२ सालमा जारी गरिएको नयां संविधानमा रुकुम जिल्लालाई विभाजन गरेर रुकुमपूर्व र रुकुमपश्चिम बनाइएको थियो ।
त्यतिबेला सरकारले रुकुमपूर्व जिल्लाको सदरमुकाम अस्थायी रुपमा रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि रुकुम पूर्वको सदरमुकाम गोलखाडामा तोकेको थियो ।
त्यो निर्णयविरुद्ध गणेश हमाललगायत रुकुमकोटका बासिन्दा सर्वोच्च अदालत आएका थिए ।
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया