देउवा सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको रुकुमपूर्व जिल्लाको सदरमुकाम गोलखाडा तोक्ने निर्णय खारेज गरेको छ ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले देउवा सरकारको निर्णय खारेज गर्ने फैसदा गरेको हो ।
संवैधानिक इजलासले नयाँ मापदण्ड बनाएर रुकुम पूर्व जिल्लाको सदरमुकाम तोक्न सरकारका नाममा आदेश जारी गरेको छ ।
देउवा नेतृत्वको सरकारले १५ माघ २०७४ सालमा रुकुमपूर्व जिल्लाको सदरमुकान गोलखाडामा राख्ने निर्णय गरेको थियो । इजलासले सरकारको त्यो निर्णय बदर गर्दै निश्चित मापदण्डका आधारमा सदरमुकाम तोक्न वा सार्न आदेश जारी गरेको हो ।
‘संवैधानिक इजलासले त्यतिबेलाको मन्त्रिपरिषदको निर्णय बदर हुने आदेश गरेको छ’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘निश्चित मापदण्डका आधारमा फेरि सदरमुकाम तोक्न वा सार्न परमादेश जारी हुने व्यहोरा छ । आदेश तयार भएपछि त्यसको विस्तृत विवरण थाहा होला ।’
२०७२ सालमा जारी गरिएको नयां संविधानमा रुकुम जिल्लालाई विभाजन गरेर रुकुमपूर्व र रुकुमपश्चिम बनाइएको थियो ।
त्यतिबेला सरकारले रुकुमपूर्व जिल्लाको सदरमुकाम अस्थायी रुपमा रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि रुकुम पूर्वको सदरमुकाम गोलखाडामा तोकेको थियो ।
त्यो निर्णयविरुद्ध गणेश हमाललगायत रुकुमकोटका बासिन्दा सर्वोच्च अदालत आएका थिए ।









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया