शनिबार, फागुन २, २०८२

एकीकृत समाजवादीमा थपिए २१ जना केन्द्रीय सदस्य

मेरोन्यूज २०८० भदौ २८ गते १५:४७

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा २१ जना केन्द्रीय सदस्य थपिएका छन् । भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठक र भाद्र १८ र २२ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सदस्यमा २१ जना मनोनित गरिएको उल्लेख छ।

एकीकृत समाजवादीको विधानले ३५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ। तीमध्ये केही केन्द्रीय सदस्यहरूको निधन भएको र केहीले पार्टी छाडेकाले रिक्त रहेको स्थानमा २१ जनालाई मनोनित गरिएको हो।

समाजवादीले अजबहादुर मल्ल बाजुरा, ओमचरण अमात्य भक्ततपुर, गौतम राई काठमाडौँ, गोविन्द चेपाङ मकवानपुर, चन्द्रा श्रेष्ठ झापा, चिरञ्जीवी भट्टराई सुनसरी, जयप्रकाश यादव बारा, दिपक केसी काठमाडौँलाई केन्द्रीय सदस्य बनाएको छ ।

त्यस्तै धनबहादुर कार्की रामेछाप, धर्म शाही मुगु, नन्द बञ्जाडे काठमाडौं, बरुनाथ योगी दैलेख, बैकुण्ठ भुसाल पर्बत, भक्तिमान सुब्बा पाँचथर, मिना लामा मकवानपुर, रामप्रसाद ढुङाना काठमाडौँ पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

त्यस्तै लंक हमाल कपिलवस्तु, शालिकराम भट्टराई नवलपरासी पूर्व, शिवकुमारी खनाल काठमाडौँ, शैलेन्द्र उपाध्याय रूपन्देही र सुदेश पराजुली काठमाडौँलाई केन्द्रीय सदस्य बनाइएको छ ।

प्रतिक्रिया