जिम्मेवारीमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

काठमाडौँ । पार्टीमा जिम्मेवारी र केन्दीय सदस्य मनोनयन गर्ने नेकपा एकीकृत समाजवादीको निर्णयसँगै पार्टीमा असन्तुष्टि बढेको छ ।
भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय समिति र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेको थियो। त्यसमा केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनसमेत उल्लेख छ ।
त्यसमै असन्तुष्टि जनाउँदै दुई केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्यद्वय राजु गुरूङ र सावित्री मल्लले पार्टी परित्याग गरेका हुन् ।
गुरुङ पार्टीका लुम्बिनी प्रदेश सचिव पनि हुन्। गत निर्वाचनमा रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका गुरुङको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। गुरुङले पार्टी परित्याग गरेर स्वतन्त्र रहन चाहेको बताएका छन् ।
‘मनोमानी ढंगले कार्यविभाजन गरियो। जिम्मेवारी दिँदा कसैलाई खातैखात, कसैलाई केही भएन,’ गुरुङले भने ।
केन्द्रीय सदस्य मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन, तर आजका मितिदेखि नेकपा (एकिकृत समाजवादी) पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरियो ।’
अपानिमा मल्ललाई पार्टीले दैलेखको सहइन्चार्जको जिम्मेवारी दिएको छ। बरुनाथ योगी इन्चार्ज तोकिएका छन्। इन्चार्जको भूमिका खोज्दै आएकी मल्लले नपाएपछि असुन्तष्ट बनेर पार्टी परित्याग गरेको नेताहरू बताउँछन् ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया